चिङ्गाड मतगणनाको अनुगमन

गोपाल शर्मा
सुर्खेत, २ जेष्ठ ।
चिङ्गाड गाउँपालिका अवलचिङ्गमा भैरहको मतगणना कार्यको अनुगमन गरिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा प्रसाद चालिसे, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहितको टोलीले चिङ्गाडको मतगणना कार्यको स्थलगत अवलोकन, अनुगमन गरेको हो ।






