सिम्ताले अविरल वर्षाको क्षति एकिन गरि पिडित नागरिकलाई राहत दिने

दुर्गा विसि
असोज,२९सुर्खेत ।
सुर्खेत सिम्ता गाउँपालिकाले वाढिबाट क्षतिको संकलनमा जुटेका छ । अविरल बर्षाका कारणले घर बास ,खेतीयोग्य जमिन,खाद्यान्न बालि,खानेपानी ,सिचाइ र जोखिम भएका वस्ति घरहरूको तत्काल आस्बस्यक कागजात वनाइ यहि कार्तिक २ गतेभित्र गाउँपालिकामा पेश गर्न गाउँपालिकाले सुचना संप्रेश्न गरेको छ ।
घर र खाद्यान्न बालिको क्षतिको लागि आवश्यक कागजात नागरिकता,क्षति भएको फोटो,पुर्जाको फोटोकपि प्रहरी र वडाको मुचुल्का र सर्जिमन मुचुल्का,वडाको सिफारिस सिचाइ र खानेपानी क्षतिको लागि प्रहरी र वडाको मुचुल्का र सर्जिमन मुचुल्का,दर्ता प्रमाणपत्र को फोटोकपी क्षति भएको फोटा,प्राबिधिक स्टेमेट वडाको सिफारिस सडककोको लागि प्राबिधिक स्टेमेट भए पुग्ने जनाएको छ ।

जतिसक्दो छिटोभन्दा छिटो सबैले आआफ्नो ठाउँमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।वास्तविक रिपोर्ट पेसको लागि पिडित नागरिकलाई निवेदन दिन भनिएको छ । अहिले तत्काल का लागि मुख्य सडक मर्मत हुँदै शाखा सडक मर्मत हुने कुरा वताएको छ ।
यसमा बिशेष गरि प्रहरी चौकिले र वडाका प्राबिधिकले छिटो छरितो सहयोग गरिदिन हुन गापाले जोड दिएको छ । तत्काल कार्यपालिकामा प्रतिबेदन पेश भएर सम्बन्धित बिषय कार्यलयमा निणर्य गर्नुपर्ने र तत्काल राहतका लागि एक कार्यक्रमबाट दिने निर्णय २०७९असोज २८ गते बसेको बैठकले गरेको कुरा यश अघि सार्वजनिक भैसकेको छ ।
साथै क्षेतिको लागि मुचुल्कामा वडाको जनप्रतिनिधि र नेपाल रेडक्रस सोसाइटीको स्थानीय प्रतिनिधि रोहबरमा अनिवार्य रुपमा राख्न भनिएको छ ।






