नेपालमा मनसुनी वायुको प्रभाव कमजोर, अब मौसम सफा हुने

काठमाडौं,२९ असोज ।

हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

DCIM102MEDIADJI_0038.JPG

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। भोलि आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।  सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

सेतोपाटी

नेपालमा मनसुनी वायुको प्रभाव कमजोर, अब मौसम सफा हुने

सिम्ताले अविरल वर्षाको क्षति एकिन गरि पिडित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!