लैङ्गिक हिँसा बिरुद्ध रोकथाम अभिमुखीकरण तालिम सम्पन्न

सुर्खेत,३० असार

अपाङ्गता भएका महिला तथा बालबालिका बिरुद्द हुने लैङ्गिक हिँसा बिरुद्ध रोकथाम सम्बन्धि एकद्वार सङ्कट ब्यबस्थापन केन्द्र,स्वास्थ्य कर्मी र स्थानिय सरकारका प्रतिनिधिका लागि ३ दिने अभिमुखीकरण तालिम सुर्खेत को बिरेन्द्रनगरमा सम्पन्न भएको छ । यहि असार २७ गते देखि सुरु भएर २९ गते सम्म संचालन भएको अभिमुखीकरण तालिम सुर्खेतको होटेल भ्याली भ्यु मा संचालन भएको थियो ।

अभिमुखीकरण तालिमको पहिलो दिन तालिमको औपचारिक कार्य ,उद्घाटन तथा मूल उदेश्य ,परिचयात्मक कार्यक्रम अपाङ्गताको परिभाषा रा प्रकार,अपाङ्गता सम्बन्धि कानुनि प्राबधान हरु, एक द्वार सङ्कट ब्यबस्थापन प्रणालीको बारेमा भएको अध्ययन बाट पत्ता लागेका कुरा हरु सार्बजनिक गरिएको थियो ।

त्यस्तै दोस्रो दिनमा केश ब्यबस्थापन खण्डीकृत तथ्यांक ,अद्यावधिक प्रणाली,अपाङ्गता भएका महिला अपाङ्ग मैत्री सेवाका,पहुच युक्त ढाचा र समानाजनक बाताबरणका लागि सेवा प्रदायक भूमिका,लैङ्गिक हिँसा बिरुद्ध कानुनि प्राबधान हरु,न्यायमा पहुच सुनिश्चितताको लागी कार्वान्यनको अबस्था लगाएतको बिषयमा छलफल भएको थियो भने तेस्रो दिन एकद्वार सङ्कट ब्यबस्थापन केन्द्रको अबधारणाले प्रदान गर्ने सेवा लाई कसरि समाबेशि अपाङ्ग मैत्री पहुच युक्त बनाउन सकिन्छ र कार्ययोजना निर्माण,तालिम पश्चात मुल्यांक र तालिमको समापन भएको थियो ।

युएन ट्रड को आर्थिक सहयोग नेपाल अपाङ्ग महिला संघ र ग्रीन तारा नेपालको सयुक्त साझेदारीमा उक्त तालिम सम्पना भएको हो । कर्णाली प्रदेशको जुम्ला दैलेख सुर्खेत महिला प्रहरी ,महिला सेल, समन्वय समिति,अस्पतालको फाटमा कार्यरत कर्मचारी को उपस्थिति रहेको थियो ।

कार्यक्रम मा नेपाल अपाङ्गता महिला संघको सचिब मिना पौडेल कार्यक्रम ब्यबस्थापक सम्झना घिमिरे,अधिबक्ता गीता कोईराला को पनि उपस्थिति रहेको थियो । सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महासाखाको प्रमुखले अभिमुखीकरण तालिममा प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा नेपाल अपाङ्गता महिला संघको सचिब मिना पौडेलको सभाध्यक्ष बिरेन्द्रनगर नगरपालिकाको नगर उप–प्रमुख निलकण्ठ खनाल को प्रमुख आतिथ्यतामा तिन दिने अभिमुखीकरण तालिमको प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम मा उपस्थीत सम्बन्धि सबै संस्थाका प्रतिनिधिहरु सबैले अपांगता बाहेका व्यक्ति हरुलाई आ आफ्नो स्थान बाट आफूले जानेको कुरा हरु सिकाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

लैङ्गिक हिँसा बिरुद्ध रोकथाम अभिमुखीकरण तालिम सम्पन्न

सल्यानको शारदा नगरपालिकाले १ सय १४ जना

लैङ्गिक हिँसा बिरुद्ध रोकथाम अभिमुखीकरण तालिम सम्पन्न

बिहीबार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *