बिहीबार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं,३० असार ।
नेपालमा बिहीबार २६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २६० जनामा कोरोना देखिएको हो । उनीहरूमध्ये २१४ जनाले पिसिआर परीक्षण गरेका थिए भने ४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो समय नेपालमा दिनदिनै कोरोनाका संक्रमित थपिने क्रम बढ्दो छ ।

संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ। बिहीबार देशभर ११७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । बुधबार २०६ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा अहिलेसम्म ११ लाख २१ हजार जनामा कोरोना संक्रमण भएको छ भने ११ हजार ९५२ संक्रमितले ज्यान गुमाएका छन् ।
स्रोत ः सेतोपाटी






