सल्यानको शारदा नगरपालिकाले १ सय १४ जना करार कर्मचारी कटौती

सल्यान,३० असार ।

सल्यानको शारदा नगरपालिकाले १ सय १४ जना करार कर्मचारी कटौती गर्ने भएको छ । नगरपालिकाले आर्थिक स्रोत नभएको र आर्थिक मितव्ययिता अपनाउने भन्दै १ सय १४ कर्मचारीको म्याद थप नगर्ने भएको हो ।

बुधवार बसेको नगर कार्यपालिकाको बैठकले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको हो । उनीहरुको २०७९ साउन १ गतेदेखि लागू हुने गरी सम्झौता थप नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो ।

म्याद थप नगरिनेमा १ सय ४ जना सडक मर्मत सम्भारकर्ता र १० जना सामाजिक परिचालक रहेका छन् । तर, ठूलो संख्यामा कर्मचारी कटौती गर्दा उनीहरुले पालिकाप्रति गरेको समय र श्रमको योगदानका बिषयमा चर्चा नगरी केवल रोजीरोटी खोसिएको स्थानीयले बताएका छन् ।

स्रोत :  थाहाखबर

सल्यानको शारदा नगरपालिकाले १ सय १४ जना करार कर्मचारी कटौती

मृतक बुढाथोकिको परिवारलाई प्राइमले दियो ११ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *