राष्ट्रिय वाणिज्य बैङ्कमा पैसा अभाव हुदा नेपाल राष्ट्र बैङ्कले आवश्यक पैसा पठायो

हुम्ला,३० असार ।
केही दिनदेखि राष्ट्रिय वाणिज्य बैङ्कमा पैसा अभावले स्थानीयलाई मर्का पर्नथालेपछि नेपाल राष्ट्र बैङ्क नेपालगञ्जले हवाई मार्गबाट आवश्यक पैसा हुम्ला पठाएको छ । बैङ्कमा पैसाको अभाव हुन थालेपछि बैंकले सीमित भुक्तानी दिइरहेको थियो ।

बाणिज्य बैङ्क सिमकोट शाखाकी प्रबन्धक सविता शाहीले एक हप्ता अघि माग गरिएको पैसा बुधवार हवाई मार्गबाट आइपुुगेको बताइन । जिल्लाबाट तीस करोड रुपियाँ माग गरिएकोमा त्यति नै पैसा राष्ट्र बैङ्कले पठाएको उनले जानकारी दिइन ।
वाणिज्य बैङ्कले जिल्लाका अन्य बैङ्कलाई पनि भुक्तानी दिनुुपर्ने भएकाले पैसा अभाव देखिएको प्रबन्धक शाहीले बताइन् । आजसम्म पैसाको अभाव भएको भए पनि अब सो समस्या समाधान हुने उनले बताइन् ।
स्राेत : गाेरखापत्र






