गुर्भाकोटमा नगर सभाको दोस्रो बैठक सम्पन्न

दिलिप ढकाल
सुर्खेत, २९ असार ।
गुर्भाकोट नगरपालिका को ११ औँ नगर सभाको दोस्रो बैठक बुधाबार सम्पन्न भएको छ । नगरपालिकाका समृद्धि बिकास र स्थानिय तहको कानुन निमार्ण देखी निति कार्यान्वयन तथा चालु आर्थिक वर्षको बिनियोजित योजनाको बिषयमा ऐतिहासिक निर्णय गर्दै गुर्भाकोट नगरपालिका को ११ औँ नगर सभाको दोस्रो बैठक सम्पन्न भएको छ ।

नगर सभाको दोस्रो बैठकबाट आर्थिक विधेयक तथा शिक्षा नीति गरी २ वटा विधेयकहरु पाश भएका छन् । यस अघि असार १९ गुर्भाकोट नगरपालिका को सभा हलमा १० बर्षे (२०७९–२०८९) शैक्षिक योजना को सुझाब संकलन कार्यक्रम सम्पन्न भएको थियो। सोहि सुझाब लाई समेटेर आज नगरपालिकाको ११ औँ नगर सभाको दोस्रो बैठकले १० बर्षे शैक्षिक नीति नगर सभा बाट पारित गरेको हो ।

विधेक समितिका संयोजक एबम गुर्भाकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राजन बिसीले १० बर्षे (२०७९–२०८९) शैक्षिक नीति माथि आफ्नो सुझाब राख्दै सभामा पेश भएको शिक्षा नीति अन्य पालिकाको कपि पेस्ट गर्नु भन्दा समग्र गुर्भाकोट नगरपालिका को शैक्षिक क्षेत्र लाई समेटेर ल्यायको भए १० बर्षमा गुर्भाकोट को शिक्षामा आमुल परिबर्तन हुने समेत धारणा राख्नु भएको थियो।
साथै नगर सभामा पेस भएको शैक्षिक नीतिमा गुर्भाकोट नगरपालिका पुर्बी सुर्खेतमा लेखिनु पर्नेमा पश्चिम सुर्खेत उल्लेख गरिएको र नगर प्रमुखको नाम पनि हस्त पुन हुनु पर्नेमा धिर बहादुर शाही उल्लेख गरिएको भन्दै यसरि शिक्षा नीति नै कपि पेस्ट गर्दा कसरि गुर्भाकोट को शैक्षिक स्तःर उकास्न सकिन्छ भन्दै आफ्नो १० बर्षे शिक्षा नीति माथि आफ्नो धारणा राख्नु भएको थियो।

विधेक समितिका संयोजक राजन बिसी को जिज्ञासा को जबाफ दिदै शिक्षा शाखा गुर्भाकोटका अधिकृत छैटौ पदम बिकले १० बर्षे शिक्षा नीति प्रकाशित गर्नु पूर्वपुनःएक पटक छलफल गरि आबश्यक सुझाब सहित पास गरिने सभा समक्ष जानकारी गराउनु भएको थियो।
सभामा नगरपालिका का १४ वटै वडाका वडा अध्यक्षहरु ,वडा सदस्यहरु,कार्यपालिका सदस्य हरु,बिभिन्न शाखामा कार्यरत कर्मचारी हरु,वडा सचिबहरु लगायतको उपस्थित रहेको थियो ।






