नलगाडमा चोरी गर्ने एक जनालाई पक्राउ

जाजारकोट,२९ असार ।
२०७९ असार १७ गते राती अन्दाजी एघार बजेको समयमा जाजरकोटको नलगाड न.पा.–१२ तल्लु बगरमा रहेको मोबाइल पसल तोडफोड गरी चोरि भएको थियो । वडा न. १० बस्ने बिर बहादुर रावतले विभिन्न कम्पनिका मोबाईलहरु समेत चोरी गरेको भनि जिल्ला प्रहरी कार्यालयमा भरत बहादुर माझिले मौखिक जानकारी दिएका थिए ।

सोहि कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बिर बहादुर रावतलाई खोजतलास गर्दै जाँदा असार २८ गते आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा फेला पारी विभिन्न कम्पनिका मोबाईल थान ८,पावर बैंक थान ३, चार्जर थान ८,विभिन्न किसिमका एयरफोन थान ३ र नगद रु.११४०।–( एक हजार एक सय चालीस रुपैया) समेत रहेको र निजलाइ पक्राउ गरिएको छ ।
बरामद गरी जिल्ला प्रहरी कार्यालय जाजरकोट कार्यालयमा दाखिला हुन आएकोमा असार २९ गते जिल्ला अदालत जाजरकोटबाट चोरी सम्बन्धि कसुर मुद्दामा १० दिनको म्याद थप लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोट ले जनाएको छ ।






