करेसा बारीमा लडेर एक जनाको मृत्यु

सुर्खेत,२९ असार ।

सुर्खेतको वीरेन्द्रनगरमा करेसा बारीमा लडेर एक वृद्धाको मृत्यु भएको छ । नगर प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ शान्तिटोलका ९० वर्षीया धनरूपादेवि दमाईको मृत्यु भएको हो ।

हिजो दिउँसो तीन बजेको समयमा धनरुपादेवि घरबाट निस्किँएको र साँझसम्म घरमा नआएको भन्दै उनका छोराले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाउँनसाथ उनको घरमा गएर धनरूपादेविलाई खोज्दै जाँदा घर नजिकै आफ्नै करेसा बारीमा लडेर मृतक अवस्थामा फेला पारेका थिए । धनरूपादेविको खोजीमा प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

करेसा बारीमा लडेर एक जनाको मृत्यु

रोकेर राखेको बसमा आगलागी

करेसा बारीमा लडेर एक जनाको मृत्यु

नलगाडमा चोरी गर्ने एक जनालाई पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *