रोकेर राखेको बसमा आगलागी

सुर्खेत, २९ असार ।

गुर्भाकोट नगरपालिका–३ कुरिल्ले नजिक रोकेर राखेको बसमा आगलागी भएको छ । मंगलबार राती ना ६ ख ४०४ नम्बरको बसमा आगलागी भएको हो । अस्थाई प्रहरी पोष्ट बोटेचौर सुर्खेतकाअनुसार गुर्भाकोट–३ कुरिल्ले स्थित छिन्चु–जाजरकोट सडक खण्डमा रोकेर राखेको बसमा आगलागी भएको हो ।

मंगलबार सल्यानको सल्लिबजारबाट नेपालगञ्जतर्फ मर्मतको लागि लिँदै गर्दा ईन्जिन तातिएर नचल्ने समस्याभई बाटोको छेउमा रोकेर राखिएको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार रातीको समयमा बसमा आगलागी भई आगो आफै नियन्त्रणमा आईसकेको र बस पुर्णरुपले जलि नष्ट भएको छ भने कुनै पनि मानवीय क्षति नभएको जानकारि दिए ।

रोकेर राखेको बसमा आगलागी

तलब पाएपछि आन्दोलन फिर्ता

रोकेर राखेको बसमा आगलागी

करेसा बारीमा लडेर एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *