नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक

काठमाडौं,२९ असार ।

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ २३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ८३ पैसा पाइन्छ ।

बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८८ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९८ पैसा पाइन्छ ।

आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४ रुपैयाँ १ पैसा तोकेको छ ।  युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७६ पैसा पाइन्छ ।

मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ६४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ । बुधबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ३३ पैसा र बिक्रीमा ४१४ रुपैयाँ २८ पैसा पाइन्छ । बहराइन दिनार एकको खरिददर आज नेपाली ३३७ रुपैयाँ ५ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

स्रोत : सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र घरेलु

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक

जबरजस्ती करणी आरोपमा १ जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *