विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र घरेलु टिम स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं,२९ असार ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र घरेलु टिम स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । ग्लास्गोमा हुने खेल नेपाली समयअनुसार दिउँस सवा ३ बजे सुरू हुनेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीचको यो सिरिजनमा नामिबियाले दुई खेल खेलिसकेको छ । नेपाल र स्कटल्यान्डले भने आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

खेलमा नामिबियालाई स्कटल्यान्डले हराएको थियो। दोस्रो खेलमा भने नेपालमाथि नामिबियाले जित हात पारेको थियो । पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपाललाई घरेलु टिमविरुद्ध ब्याटिङकै दबाब हुने देखिएको छ । ७ देश सम्मिलित लिग–२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ ।
ओमानले लिग–२ अन्तर्गतका सबै खेल खेलिसकेको छ । २१ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन् । नेपालविरूद्धको जितसँगै नामिबियाले नेपाललाई पछि पार्यो । पाँचौ स्थानमा उक्लिएको नामिबियाले १६ खेलबाट १६ अंक जोडेको छ ।१७ खेलबाट १५ अंक जोडेको नेपाल छैटौं स्थानमा झरेको छ। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन् ।
स्रोत : सेतोपाटी





