कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित

कालिकोट । पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ। मतदानका विषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो।

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान केन्द्रका मतदान अधिकृत रचना गुरुङ्गले बताइन्। अहिले पुनः मतदानका बिषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिइन्। जिल्लाका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको र दिउँसो साढे १२ बजेसम्म ४० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित

जुम्लाको शंकर मावि मतदानस्थलमा झडप, मतदान रोकियो

Leave a comment

Your email address will not be published. Required fields are marked *