भेरिगंगामा ढाकाको सामाग्री उत्पादन तालिम सम्पन्न

दिलिप ढकाल
सुर्खेत,२८असार ।

आर्थिक समृद्धिको आधार,लघुउद्यम मार्फत रोजगार भन्ने मुल नारा सहित उप–प्रमुख रोजगार कार्यक्रम अन्तर्गत गत जेठ ३० गते देखि सुरु भएको एक महिने ढाकाको सामाग्री उत्पादन सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ । भेरिगंगा नगरपालिकाको कार्यालय उद्योग बिकास शाखा छिन्चु सुर्खेतको आयोजनामा संचालित उक्त तालिम एक महिना सम्म संचालन भएको हो ।

एक महिने ढाकाको सामाग्री उत्पादन सम्बन्धि सिप बिकास तालिमको समापनको अध्यक्षता उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेलले गरेका थिए । प्रमुख अतिथी भेरिगंगा नगरपालिका का नगर प्रमुख यज्ञ प्रसाद ढकाल तथा विशेष अथितीको रुपमा नगर उपप्रमुख धनसरा बोहोराको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा अथितीको रुपमा आर्थिक विकास संयोजक वडा नं. ५ का वडा अध्यक्ष प्रेम बहादुर सारु, कार्यपालिका सदस्य गौमाया खत्री, कार्यपालिका सदस्य ओपिसरा वस्याल,मेड्पा फोकल फर्सन चित्रा कुमारी डांगी, नगर प्रमुखका स्वकीय सचीव मान बहादुर नेपाली,प्रशिक्षक खिम कुमारी स्वती मगर  लगाएत उद्यम विकास सहजकर्ता सुनिता जैसी र लाल बहादुर कार्की को उपस्थिति रहेको थियो।

कार्यक्रम मा उपस्थित भएर एक महिना सम्म तालिम लिएका भेरीगंगा नगरपालिका वडा नम्बर ६,७ र ९ का १२ जना लाई प्रमाण पत्र का साथै ८० प्रतिशत छुट सिलाई मेशिन पनि वितरण गरिएको थियो ।

भेरिगंगामा ढाकाको सामाग्री उत्पादन तालिम सम्पन्न

बहुमुल्य जडिबुटी निर्यात गर्दै कर्णाली

भेरिगंगामा ढाकाको सामाग्री उत्पादन तालिम सम्पन्न

कर्णालीका पालिकाबाट करार कर्मचारी हटाउन थालियो

Leave a comment

Your email address will not be published. Required fields are marked *