सल्यान प्रतिनिधि सभामा विष्टकाे स्वतन्त्र उम्मेदवारी घाेषणा

दुर्गा विसी
सल्यान , २६ भाद्र
नेपाली कांग्रेसको राजनीतिमा निकै दुख खेपेका विष्टले आसन्न प्रतिनिधि सभाकाे चुनावको तयारीका जुटेका छन् । सल्यान प्रतिनिधि सभा संघको चुनावमा आफ्नो स्वतन्त्र उम्मेदवारी हुने घोषणा गरेका छन् ।

नगर सभापतिको लागि महाधिवेशनमा निकै झिनो मतले पराजित विष्ट २०७४ सालका स्थानीय चुनावमा एमालेसँगको समिकरणमा उप–प्रमुखको हार व्यहोर्नुपर्याे,त्यसै गरि २०७९ काे स्थानीय चुनावमा पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी रहेका विष्ट पुनः एमालेकै समिकरणमा नगर उप प्रमुख पदमा पराजय व्यहोर्नुपर्ने पर्याे।पार्टीले उनको स्वतन्त्र उम्मेदवारि परे पछि ६ वर्षका लागि साधारण सदस्य समेत नरहने गरि कारवाहि समेत गरिसकेको छ ।आफ्नो टिकलाइ टिप्केस लगाइ बाटैमा नाम अदलवदल गरेको विष्टकाे भनाइ रहेको छ ।

टिकट नपाए पछि बिद्रोह गरेर गठबन्धनका विरुद्ध विष्टले स्वतन्त्र उम्मेदवारी हालेका थिए ।फेरि पनि मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा तर्फको संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी हाल्ने उनको भनाइ रहेको छ ।
विष्टले सामाजिक सञ्जाल मार्फत अहिले पार्टीले कारवाहिकाे नौटकि रचे पनि अाफुफाएए घेरावन्दीमा पारिएको दुखेसो छ ।

‘यहाँका कम्युनिस्टहरुसँग लडे, भिडे कांग्रेस बचाएँ जसले ठुलो दुख गरि यहाँ सम्म पुर्याे उहीँ माथि यति अपमान ।आज मै माथि कांग्रेस सकाएको आरोप छ । म यसलाई सिधै अस्विकार गर्छु ।’बिद्रोहि स्वभावका विष्ट पछि होइन अब अघि वढ्ने याेजनाका साथ चुनावी तयारीमा जुटेका छन् ।

‘द्वन्द्व अवस्थामा धेरै साथीहरु लुकेर छिपेर वस्नु भयो, तेतिखेर उहाँहरु कुन कमिटीमा हुनुहुन्थ्यो ? पार्टी कहाँ थियोे । कस्तो अवस्थामा गुर्जीको थियोे । यो सबैलाई थाहा छ । हाल आएर मेरो चाहाना अनुसार र पार्टी शुभेच्छुकहरुको माग अनुसार अब भने प्रतिनिधि सभाकाे चुनावमा उठ्का लागि शुभेच्छुक,मतादाताहरुकाे ठुलाे माग आएकोले अवकाे मिसन भने मंसिर ४ तर्फ साेजिएकाे उनको भनाइ छ ।स्वतन्त्र उम्मेदवारी दिने उनलेे उद्घाेष गरिसकेका छन् ।तेहि तयारी अनुसार राजनीति भेटघाट सम्बन्धलाई विष्टले फराकिलो वनाउदै लगेका छ ।सधैं पार्टीले दुख गरेका कार्याकर्ताको खुट्टा तान्छ,यतिखेर स्वतन्त्र छु,स्वतन्त्ररुपमै चुनावी मैदानमा हाेमिने उनको भनाइ रहेको छ ।

सल्यान प्रतिनिधि सभामा विष्टकाे स्वतन्त्र उम्मेदवारी घाेषणा

नेपाली सेनामा जागिर खुल्यो, ४ हजार जनालाई

सल्यान प्रतिनिधि सभामा विष्टकाे स्वतन्त्र उम्मेदवारी घाेषणा

YUGAAWHAN NATIONAL DAILY (2079-05-26)

Leave a comment

Your email address will not be published. Required fields are marked *