साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ : महामन्त्री गगन थापा

काठमाडौं,२७ असार ।
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद बैठकले संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने पनि थापाले बताए ।

थापाकाअनुसार मंसिर पहिलो साता चुनाव हुनेछ । ‘साउन ४ वा ५ मा मन्त्रिपरिषदले निर्वाचनको मिति घोषणा गर्नेछ । मंसिर ४ वा ५ मा चुनाव हुन्छ,’ थापाले आज ललितपुरमा आयोजित कार्यक्रममा भने ।
थापाले मतदाता नामावलीमा नाम लेखाउन बाँकी रहेकाले अब एक साताभित्र नाम लेखाउनुपर्ने बताए । उनले नेता तथा कार्यकर्तालाई निर्वाचन आयो भन्ने हिसावले अब खट्न पनि आग्रह गरेका थिए ।
स्रोत : सेतोपाटी






