इङ्ल्याण्डले तेस्रो तथा अन्तिम टी २० अन्तर्राष्ट्रियमा भारतलाई १७ रनले हरायो

काठमाडौं , २७ असार ।

इङ्ल्याण्डले तेस्रो तथा अन्तिम टी २० अन्तर्राष्ट्रियमा भारतलाई १७ रनले हराएको छ । योसँगै घरेलु टोलीले तीन खेलको सिरिज क्लिन स्वीप हुनबाट बचाएको छ । जितको लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९८ रन मात्र बनाउन सक्यो ।

उसका लागि सूर्यकुमार यादवले सानदार शतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्। पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा यादवले ५५ बल खेल्दै १४ चौका र ६ छक्कासहित १ सय १७ रन बनाए । यस्तै श्रेयस ऐयरले २८ रन बनाउँदा कप्तान रोहित शर्मा र विराट कोहलीले समान ११–११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतलाई जित नजिक पु¥याउन चौथो विकेटका लागि सूर्यकुमार यादव र श्रेयस ऐरले १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए ।इंग्ल्यान्डका रिसी टोप्लीले सर्वाधिक ३ विकेट लिए । डेविड विल्ली र क्रिस जोर्डनलेसमान २–२ विकेट लिए। रिचर्ड ग्लीसन र मोईन अलीले एक एक विकेट हात पारे ।

त्यसअघि नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो। उसका लागि डेविड मलानले सर्वाधिक ७७ रन बनाए। ३९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै लियाम लिभिङस्टोनले अभिजित ४२ रन जोडे ।

जेसन रोयले २७ रन बनाउँदा युवा ब्याटर ह्यारी ब्रुकले १९ तथा कप्तान जस बटलर १८ रनमा आउट भए । भारतका लागि स्पिनर रवि विश्रोई र हर्षल पटेलले समान २–२ विकेट लिए । उमरान मलिक र आवेश खानले १–१ विकेट हात पारे । तीन खेलको सिरिज यसअघिनै जितेको भारतले पहिलो खेलमा घरेलु टोलीलाई ५० रनले हराउँदा दोस्रो खेल ४९ रनले जितेको थियो ।

स्रोत  : सेतोपाटी

इङ्ल्याण्डले तेस्रो तथा अन्तिम टी २० अन्तर्राष्ट्रियमा भारतलाई १७ रनले हरायो

विश्वकप लिग–२ नामिबियासँग भिड्दै नेपाल

इङ्ल्याण्डले तेस्रो तथा अन्तिम टी २० अन्तर्राष्ट्रियमा भारतलाई १७ रनले हरायो

साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *