दाङमा कारको ठक्करबाट एक जनाको मृत्यु

दाङ,२७ असार ।
दाङमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई गए राति करिब पौने १० बजेतिर ठक्कर दिएको थियो ।
घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।उनको उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमर्टमका लागि प्रतिष्ठानमा राखिएको छ ।
स्रोत : सेतोपाटी






