नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक

काठमाडौं,२७ असार ।

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२९ रुपैयाँ ४६ पैसा पाइन्छ ।

सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा तोकेको छ । युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ५८ पैसा र बिक्रीमा २८ रुपैयाँ ७१ पैसा पाइन्छ ।

सोमबार कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ४१ पैसा पाइन्छ । बहराइन दिनार एकको खरिदमा आज नेपाली ३३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३३७ रुपैयाँ १८ पैसा पाइन्छ ।

स्रोत :  सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक

सोमबार सुनको मूल्य घट्यो चाँदीको मूल्य स्थिर

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक

केहि महिनापछि संसारमा हुनेछन् आठ अर्ब मान्छे

Leave a comment

Your email address will not be published. Required fields are marked *