सोमबार सुनको मूल्य घट्यो चाँदीको मूल्य स्थिर

काठमाडौं,२७ असार ।
सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यसर्थ, आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज चाँदी भने प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोत : सेतोपाटी





