वेस्टइन्डिजमाथि पाकिस्तानको सानदार जित

काठमाडैं २८ जेठ ।

पाकिस्तानले दोस्रो एकदिवसीयमा वेस्टइन्डिजमाथि १ सय २० रनको जित हात निकालेको छ। योसँगै तीन खेलको सिरिज पाकिस्तानले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३२.२ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटियो ।

वेस्टइन्डिजका शम्राह ब्रुक्सले सर्वाधिक ४६ रन बनाए। काइल मेयर्सले ३३ रन जोड्दा निकोलस पुरन २५, अकिल हुसैन १४ तथा रोभम्यान पावेलले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । शाई होप ४, ब्रेन्डन किंग शून्यमै आउट भए ।

पाकिस्तानका मोहम्मद नवाजले सर्वाधिक ४ विकेट लिए । मोहम्मद वासिम जुनियरले ३ विकेट लिँदा सादब खानले २ र शाहिन अफ्रिदीले १ विकेट लिए । त्यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७५ रन बनायो ।

उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ७७ रन बनाए। स्पिनर अकिल हुसैनको बलमा कट एण्ड बोल्ड भएपछि बाबर लगातार चार शतक हान्नबाट चुकेका थिए ।

अर्का ओपनर इमाम उल हक ७२ बलमा ६ चौकासहित ७२ रनमा रन आउट भए। सादब र खुशदील शाह २२–२२ रनमा आउट हुँदा ओपनर फखर जमान १७, मोहम्मद रिजवान १५, मोहम्मद हरिस ६ रनमा आउट भए। शाहिन अफ्रिदी १५ रनमा अविजित रहे । वेस्टइन्डिजका अकिल हुसैनले ३ विकेट लिए। एन्डरसन फिलिप र अल्जारी जोशेफले २–२ विकेट लिए ।

यसअघि पहिलो खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको थियो। वेष्टइन्डिजले दिएको ३०५ रनको लक्ष्य घरेलु टोलीले ४ बल बाँकी छँदै पुरा गरेको थियो । तेस्रो तथा अन्तिम ओडिआई आइतबार मुल्तानमा हुनेछ ।

वेस्टइन्डिजमाथि पाकिस्तानको सानदार जित

मुगुमा पुग्दैन औषधि, झारफुकको भरमा बिरामी

वेस्टइन्डिजमाथि पाकिस्तानको सानदार जित

फेरि ब्याटिङमै समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *