२०८३ आश्विन १७ गते
×

Now Playing

मावि बडाखोलिका प्र.अ.ढाल बहादुर खत्री नेपाल शिक्षक महासंघ सुर्खेतको अध्यक्षमा निर्बाचित

दिलिप ढकाल
सुर्खेत,२५ भदौ ।

शिक्षकको हक हितका लागि आवाज उठाउदै आएको नेपाल शिक्षक महासंघ सुर्खेतको दोस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको विरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिबेसन बाट नमुना माबि बडाखोली का प्रधानाध्यापक ढाल बहादुर खत्री अध्यक्ष पदमा निर्बाचित भएका छन् ।
त्यस्तै महासंघले जिल्लाका सात वटा स्थानीय तहको अध्यक्ष पनि चयन गरेको छ। जस अन्तर्गत लेकबेसी नगर समितिकाे अध्यक्षमा लाेक बहादुर नेपाली, भेरिगंगा नगर समितिको अध्यक्षमा भक्त बहादुर रावत,सिम्ता गाउ समितिको अध्यक्षमा टोप बहादुर खत्री,चिङ्गाड गाउ समितिको अध्यक्षमा जनक प्रसाद शर्मा,बिरेन्द्र नगर नगर समिति अध्यक्षमा तेज कुमारी चपाई, चौकुने गाउ समितिको अध्यक्षमा दिनेश प्रसाद जोसी,र पन्चपुरी नगर समितिको अध्यक्षमा बिरेन्द्र जोसी निर्बाचि भएका छन्।

गुर्भाकोट नगरपालिका कृष्ण प्रकाश आर.सी. पक्का जस्तै भएपनि पत्र प्राप्त नभएकाले एकिन भन्न नसकिने नेपाल शिक्षक महासंघ सुर्खेतका नबनिर्बाचित अध्यक्ष ढाल बहादुर खत्रीले जानकारी दिनु भयो। बाकि बराहताल गाउपालिकामा पनि छिट्टै अध्यक्ष चुनिने समेत उनले जानकारी दिए । साथै अध्यक्ष खत्रीले जिल्ला अध्यक्षमा निर्बाचित गराउनु हुने नौ वटै पालिकाका अध्यक्ष,शिक्षक शिक्षिका लगाएत सम्पूर्णमा धन्यबाद ज्ञापन गर्दै शिक्षकको हक हितको लागि आफु सदैभ तत्पर रहने बताएका छन ।

मावि बडाखोलिका प्र.अ.ढाल बहादुर खत्री नेपाल शिक्षक महासंघ सुर्खेतको अध्यक्षमा निर्बाचित

YUGAAWHAN NATIONAL DAILY (2079-05-25)

मावि बडाखोलिका प्र.अ.ढाल बहादुर खत्री नेपाल शिक्षक महासंघ सुर्खेतको अध्यक्षमा निर्बाचित

आशा जगाऔ,जिवन बचाऔ”भन्ने मुल नाराका साथ विश्व

Leave a comment

Your email address will not be published. Required fields are marked *