२०८३ आश्विन १८ गते
×

Now Playing

नेत्रहिन युवा संघ नेपालको साधारणसभा

दुर्गा विसि
सल्लीबजार, २५ चैत्र ।
नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले शेरवहादुर ओलीको अध्यक्षतामा नेतृत्व चयन गरेको छ ।

उपाध्यक्ष उत्तम बिक, सचिवमा चेतन सुनार, कोषाध्यक्षमा सम्झना बडुवाल, सहसचिवमा टिका बिक, सदस्यहरूमा दिपक गौतम, विजय शाही, हरिकला रोकोय, सरिता शर्मा र बिष्णु दाहाललाई चयन गरेको छ ।

निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्ष रहने विद्यानमा उल्लेख रहेको कुरा जनाएको छ । तेस्रो सभा (खुल्ला सत्र) कार्यक्रमको अध्यक्षता शेरवहादुर वली र नेत्रहिन युवा संघ नेपाल शाखा सुर्खेतका अध्यक्ष विष्णुप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष अर्जुन रावल, नेत्रहिन युवा संघ नेपाल केन्द्रिय सदस्य अथिति सुरेस कुमार खडका, नेत्र संघ कर्णाली प्रदेश अध्यक्ष तोरण अधिकारी, सुर्खेत नेत्रहिन संघ अध्यक्ष सोमना खड्का,नेत्रहिन महिला संघ कर्णाली प्रदेश अध्यक्ष कर्णवहादुर कार्कीको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेत्रहिन क्रिकेट संघ कर्णाली प्रदेश अध्यक्ष पोख्रेल, सुर्खेत नेत्रहिन संघ संस्थापक अध्यक्ष तारा ढकाल, नेपाल नेत्रहिन संघ निवर्तमान सदस्य तथा नवगठित कमिटीमा सचिव कार्यक्रम सञ्चालक चेतन सुनारले गरेका थिए ।

स्वागत मन्तव्य नेत्रहिन युवा संघ नेपाल शाखा सुर्खेत उपाध्यक्ष उत्तम विकले गरेको जनाइएको छ । कार्यक्रममा सुर्खेतका सबै स्थानीय तहका अपाङ्गता भएका नेत्रहिन युवा संघ नेपाल शाखा सुर्खेतका साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेत्रहिन युवा संघ नेपालको साधारणसभा

जाजरकोटमा बेवारिसे अबैध भरुवा बन्दुक फेला

नेत्रहिन युवा संघ नेपालको साधारणसभा

८ कक्षामै २१ दिन अनशन बसेका थिए

Leave a comment

Your email address will not be published. Required fields are marked *