नब्बे वडामा जनतासँग कांग्रेस अभियान

दैलेख, २२ भदौ  ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा विजयी हासिल गर्ने अभियानका साथ कांग्रेसले जनतासँग कांग्रेस अभियान थालेको छ। दैलेखका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन जित्ने सङ्कल्पका साथ जिल्लाका ९० वडामा जनतासँग कांग्रेस अभियान सञ्चालन गरेको हो। नेपाली कांग्रेसका नेता गणेश उपाध्यायले पार्टी केन्द्रको निर्देशन र कार्यक्रमअनुसार जिल्लाका सबै वडामा जनतासँग कांग्रेस कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले जिल्लाका ९० वडामा कार्यक्रम जनतासँगै कांग्रेस अभियान समापनसँगै दलित महिला लक्षित भेटघाट र क्रियाशील सदस्यसँग भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम राखेपछि पुन: कार्यक्रम हुने र तेस्रो चरण भनेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुङ्गो लागेसँगै निर्वाचनका कार्यक्रम सञ्चालन हुने नेता उपाध्यायले बताए ।

आगामी निर्वाचन जित्ने सङ्कल्प बोकेर जनतासँग कांग्रेस अभियान सञ्चालन गरे पनि जिल्लाका अधिकांश नेताहरू गठबन्धनका कारण समस्या रहेको बताउँछन्। कांग्रेस प्रमुख पार्टी भएको र एमाले विभाजन भएको बेला कुनै दलसँग गठबन्धन नगरेर निर्वाचन लड्नुपर्ने बेलामा केन्द्रबाट गठबन्धन हुँदा कुन क्षेत्र कुन दललाई पर्ने भन्ने समस्या देखिएको छ।

अघिल्लो निर्वाचनमा नेकपा ९एमाले० र माओवादी केन्द्रको गठबन्धन हुँदा दैलेखका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा पराजित बेहोरेको कांग्रेसले यस पटक भने त्यसको बदला लिने गरी तयारी गरेको पार्टी सभापति मणिराम रेग्मीले बताए । उनले दैलेखका दुई प्रतिनिधि सभाको टिकट कांग्रेसले नै राख्नुपर्ने माग पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको जानकारी दिँदै त्यसैअनुसार आफूहरू तयारीमा लागेको बताए । पाँच दलीय गठबन्धन भएको खण्डमा कांग्रेसले दुई प्रतिनिधि सभा सदस्यमध्ये एक र चार प्रदेश सभा सदस्यमध्ये तीन प्रदेश सभा सदस्यमा दाबी गरिरहेको नेताहरूले बताएका छन्।

गाेरखापत्र 

नब्बे  वडामा जनतासँग कांग्रेस अभियान

घरभित्र भेटियाे राज गोमन

नब्बे  वडामा जनतासँग कांग्रेस अभियान

कर्मचारी र डाक्टरबीच लफडा बढ्दै जाँदा ठप्प

Leave a comment

Your email address will not be published. Required fields are marked *