नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक

काठमाडौं,२३ असार ।
नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२७ रुपैयाँ १९ पैसा कायम गरिएको छ । युरोपियन युरोको विनिमय दर बुधबारको तुलनामा आज घटेको छ । आज युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ ३७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९९ पैसा पाइन्छ ।

आज अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ १३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६० पैसा पाइन्छ । बिहीबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८१ पैसा पाइन्छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८८ पैसा तोकेको छ । युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७५ पैसा पाइन्छ ।
बिहीबार कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ८७ पैसा पाइन्छ । बहराइन दिनार एकको खरिदमा आज नेपाली ३३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३३७ रुपैयाँ ६८ पैसा पाइन्छ ।
स्रोत : सेतोपाटी






