सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने शम्भु तामाङको निधन

काठमाडौं,२३ असार ।

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल शम्भु तामाङको निधन भएको छ । क्यान्सर रोगबाट पिडित ७० वर्षीय तामाङको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा बिहिबार निधन भएको परिवारले जनाएको छ ।

तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको आरोहण गरेका थिए। त्यसबेला उनी १७ वर्षका थिए। तामाङद्वारा स्थापित विश्व रेकर्ड सन् २००१ मा अर्का नेपाली आरोही तेम्बाछिरीले १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि मात्र तोडिएको थियो। उनको जन्म २००९ साल, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा भएको हो । उनी हाल काठमाडौंको महाराजगन्ज बस्दै आएका थिए ।

स्रोत : थाहाखबर

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने शम्भु तामाङको निधन

सुनको मुल्य घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *