अर्थमन्त्रीको राजीनामाले पार्टीमा त्यागको सन्देश गएको छ ः प्रचण्ड

काठमाडौं,२३ असार ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर पार्टीमा त्याग र नैतिकताको राम्रो सन्देश दिएको बताएका छन् । आजको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘अर्थमन्त्री आफूले केही गरेको छैन भन्नुभएको छ। तर, राजीनामा गर्नुभयो,’ उनले भने,‘त्यसले नैतिकता र त्यागको सन्देश गएको छ ।

बजेट निर्माणका क्रममा प्रश्न उठेपछि जनार्दन शर्माले हिजो संसद्मा सम्बोधन गर्दै आफूले पदबाट राजीनामा घोषणा गरेका थिए । संसदमा कुरा उठिसकेपछि शर्माले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको अध्यक्ष प्रचण्डले बताए ।

अर्थमन्त्रीको विषयलाई लिएर अम जनतामा भ्रमित पार्ने र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धनलाई समेत अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भएको प्रचण्डको आरोप छ । तर, यस्तो डिजाइनलाई शर्माको त्यागले दर्बिलो जवाफ भएको पनि उनले बताए । पूर्व–अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय विशेष समिति बनेको छ। शर्माले आफूले समितिलाई पूर्ण सहयोग गर्ने र बताएका छन् ।

स्रोत : थाहाखबर

अर्थमन्त्रीको राजीनामाले पार्टीमा त्यागको सन्देश गएको छ ः प्रचण्ड

कर्णाली प्रदेश सभाको बैठक बिहीबार दिउँसो बस्दै

अर्थमन्त्रीको राजीनामाले पार्टीमा त्यागको सन्देश गएको छ ः प्रचण्ड

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने शम्भु

Leave a comment

Your email address will not be published. Required fields are marked *