बुराल मस्ट मन्दिरमा सिसि क्यामारा जडान

प्रचण्ड खत्री

रुकुम पश्चिम २४ जेठ

रुकुम पश्चिमकै धार्मिक स्थल रहेको बाफिकोट गाउँपालिका वडा नम्बर पाँचमा रहेको बुराल मस्ट मन्दीरमा सिसि क्यामारा जडान गरिएको छ ।

बाफिकोट गाउँपालिका वडा नम्बर पाँच तल्लो काडा निवासी कमल केसि र नवीन केसिले सिसि क्यामारा जडान गरिएको बुढुमस्ट क्षेत्र बिकास कोषका अध्यक्ष ध्रुबराज केसिले जानकारी दिए । ४० हजार बराबरको सिसि क्यामारा सहयोग गरेको कमल केसिको भनाई छ ।

कमल र नवीन सरोदर दुई भाइ हुन । उनिहरु २ भाइ डिप्रोक्स लघुबित्त बित्तीयमा कार्यरत छन । दाइ नवीन जाजरकोटको छेडागाड र भाइ नवीन सुर्खेतको छिन्चुमा कार्यरत छन ।

मन्दिरमा धेरै भक्तजन आउने भएकाले चोरी र अन्य समस्या देखियकाले आफुले सहयोग गरेको कमल केसिको भनाई छ । सहयोग गर्ने नवीन र कमललाई बुढुमस्ट क्षेत्र बिकास कोषले उनिहरुलाई धन्यवाद दिएको छ ।

बुराल मस्ट मन्दिरमा सिसि क्यामारा जडान

हराएकी एक बालिकाको शव फेला

बुराल मस्ट मन्दिरमा सिसि क्यामारा जडान

उद्योगनै नअट्ने कर्णालीको एक मात्र औद्योगिक क्षेत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *