हराएकी एक बालिकाको शव फेला

 

सुर्खेत २४ जेठ ।

चार दिनदेखी हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी तिन घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो ।

नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घर देखी एकसय मिटरको दुरीमा आज विहान फेला परेको हो ।

आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खवर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए ।

घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

हराएकी एक बालिकाको शव फेला

कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

हराएकी एक बालिकाको शव फेला

बुराल मस्ट मन्दिरमा सिसि क्यामारा जडान

Leave a comment

Your email address will not be published. Required fields are marked *