मृत भेटिए स्कुलको छतमा सुतेका युवा

धनगढी,२२ असार ।
कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ६ एैठपुरमा रहेको गोल्डेन विरज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन् । धामी वडा नम्बर ७ स्थित हल्दुखालका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहीले धामी मृत फेला परेको बताए । उनीसँगै सुतेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सँगै सुतेका उनले साथीको मृत्यु भएको भन्दै प्रहरीमा खबर गरेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । मंगलबार बेलुकी लागुऔषध र मापसे गरेर उनीहरू स्कुलकै छतमा सुतेका थिए । सँगै गएका केही साथीहरू फर्के पनि दुई जना भने स्कुलको छतमै सुतेका थिए ।
स्रोत : सेतोपाटी






