लागुऔषधको कारोबारी एक लाखसहित दुई जना पक्राउ

सुर्खेत, २३ चैत्र ।
लागु औषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० पदमपुरमा कोठाभाडामा बस्दै आएका दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

कोठा भाडा लिएर बस्दै आएका वीरेन्द्रनगर–१३ बस्ने २५ वर्षीय वर्णबास बोहोरा र सोही ठाउँका २८ वर्षीय भिमा तामाङ छन् । उनीहरुले लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बोहराको कोठा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने (खैरो पदार्थ) आठ ग्राम ६७० मिलिग्राम, सेतो हिरोईन जस्तो देखिने पदार्थ सात ग्राम १४० मिलिग्रामम, डिजिटल तराजु दुई थान, एटीम कार्ड र नगद एक लाख ५६ हजार १२० रुपैयाँ बरामद गरिएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

लागुऔषधको कारोबारी एक लाखसहित दुई जना पक्राउ

कर्णालीका तीन वटा स्थानीय तह एकैपटक क्षयरोगमुक्त

लागुऔषधको कारोबारी एक लाखसहित दुई जना पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2078-12-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *