कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट ३४ करोड बजेट

सुर्खेत, २३ चैत्र ।
कर्णाली प्रदेश अस्पताललाई अझ सुबिधा सम्पन्न र अत्याधुनिक बनाउनका लागि ३४ करोड रकम छुट्याएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिनुभएको छ ।
मंगलवार सुर्खेत आउनुभएका स्वास्थमन्त्री खतिवडाले विभिन्न रोग पहिचान गर्ने अत्याधुनिक एमआरआई मेसिनका लागि करिब २० करोड र अन्य आवश्यक सामाग्रीका लागि १४ करोड रकम छुट्याएको बताउनुभएको हो ।
त्यस्तै स्वास्थ्य मन्त्रीले भन्नुभयो ‘हामिले प्रत्येक स्थानीय तह र पालिकामा स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरु गरिरहेका छौं । अझैपनि यहाँ स्थानीय तहका स्वास्थ्य कार्यालयहरु जिर्ण छन् भाडामा बसेका छन् ।’ त्यस्ता स्वास्थ्य कार्यालयको व्यबस्थापन गर्न आफू लागिपर्ने बताउनुभयो ।
तत्कालै आफुहरु अक्सिजन कन्सन्ट्रेटर, आईसियुउ भएको ठाउमा भेन्टिलेट्र र अक्सिजन सिलिन्डर नभएको ठाउँमा तत्काल आफुहरु दिन सक्ने अबस्थामा रहेको र अत्यन्तै जरुरी ठाउँको लागि अल्ट्रा साउण्ड मेसिन, एक्स–रे मेसिन दिनुपर्ने हुनसक्छ भनेर करिब १७८ वटा अल्ट्रा साउण्ड मेसिनको टेण्डर भएको पनि मन्त्री खतिवडाले बताउनुभयो ।






