बरालको नेतृत्वमा वाईसीएल गुर्भाकोट नगर कमिटी

दिलिप ढकाल
गुर्भाकोट, २२ फागुन ।
पुर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा गजेन्द्र बरालको अध्यक्षतामा नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग गुर्भाकोट नगर कमिटी गठन भएको छ ।

त्यस्तै नगर कमिटीको उपाध्यक्षमा खिम बहादुर बिक, रमेश नेपाल, अर्जुन बिक, सुमित्रा सुनार र थमन गुरुङ चयन हुनुभएको छ । सचिवमा बिर बहादुर सुनार, सह–सचिब मनोज बिक, बिर बहादुर राना, नबिन बिक, हिमा शाही, रत्न बहादुर बिक, रुपा बिक, हिमाल बिक चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा मोहन बिक, बिजय दमाई, दिपेन्द्र सुनार, प्रविन श्रीस, हरि डाँगी, नरेश रोका, दिपक बिक, कारण कामी, तुलसा बिक, इन्द्र बिक, गीता टमटा, टिका दमाई, रुपा बिक, सुत्मी नेपाली, दिपक सिजापति, बिष्णु कामी, लक्ष्मी सुनार, खड्क परियार, अमृत बिक, गोरे बिक, गोकर्ण रोका, कमल शर्मा, केशब राना, सेर बहादुर ओली, भुपेन्द्र बुध, निकट शाही चयन भएको नेकपा (माओबादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर बिष्टको स्वकिय सचिव तथा नेकपा माओबादी केन्द्र गुर्भाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष तेज बहादुर रोकाले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेस संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर बिष्टको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । वाईसीएल गुर्भाकोटका पूर्ब नगर कमिटी उपाध्यक्ष तथा हालका प्रदेश कमिटी सदस्य साजन शर्माको सभापतित्व र प्रदेश कमिटी सदस्य लोकेन्द्र बहादुर रानाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै प्रदेश कमिटी सदस्य उदिराम डाँगी, वाईसीएल नेपालका केन्द्रीय कमिटी सदस्य अम्मर चन्द, वीरेन्द्रनगर नगर कमिटी सहसचिव रमेश परियार लगायत नेकपा माओबादी केन्द्र गुर्भाकोट नगर कमिटीका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो । पूर्व वाइसीएल सचिव टेक बहादुर बिकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

बरालको नेतृत्वमा वाईसीएल गुर्भाकोट नगर कमिटी

छेडागाडमा दुई दर्जन बढी एमाले प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *