छेडागाडमा दुई दर्जन बढी एमाले प्रवेश

मोहन सिंह
जाजरकोट, २२ फागुन ।
जिल्लाको छेडागाड नगरपालिकामा दुई दर्जन बढी कार्यकर्ताले एमाले प्रवेश गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहसहित अन्य दलहरुबाट गरी दुइ दर्जन भन्दा बढी कार्यकर्ताले एमाले प्रवेश गरेका हुन् ।

आज (आइतबार) गरिएको पार्टीको अगुवा भेला तथा जनसभा कार्यक्रममा बिदेशी शक्ति केन्द्रको भरिया बनेर नेपाली कांग्रेस पार्टी माओवादी र माधव नेपालको समूहबाट देश बर्बाद हुने भन्दै छेडागाड नगरपालिकामा दुई दर्जनले नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमाले जाजरकोटका सचिव वीरबहादुर गिरीले जानकारी दिनुभएको छ ।

नेपाली काँग्र्रेसबाट धन बहादुर थापा, धन सिंह थापा, वीर बहादुर थापा, मान बहादुर नेपाली, नदे महतारा, टीका कुमारी बुढा, नेकपा माओवादीबाट छेडागाड नगर कमिटी सदस्य तिलक शाही, टेक बहादुर शाही, कुमार शाही, वाइसीएल जाजरकोट सदस्य जनक शाही, लाबिर अधिकारी, जैसिह चदारा, एकीकृत समाजबादीका सेर बहादुर थापा, जय बहादुर कार्की लगायत दुई दर्जनले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

छेडागाडमा दुई दर्जन बढी एमाले प्रवेश

बरालको नेतृत्वमा वाईसीएल गुर्भाकोट नगर कमिटी

छेडागाडमा दुई दर्जन बढी एमाले प्रवेश

YUGAAWHAN NATIONAL DAILY (2078-11-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *