वनभोज भनेर अधिवेशनमा विद्यार्थी पुरयाएकोमा क्रान्तिकारीको निन्दा

दुर्गा विसी
सल्लीबजार, २२ फागुन ।
अनेरास्ववियु (क्रान्तिकारी) बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो बैठक सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सल्यानले केही दिन अघि अनेरास्ववियु एमाले निकट विद्यार्थी संगठनले जालसाजी गरी केही आफ्ना इकाई कमिटीमा रहेका विद्यार्थीहरुलाई भ्रमित गरी वनभोज तथा पिकनिकका नाममा अधिवेशनमा पुरयाएको भन्दै घोर निन्दा व्यक्त गरेको छ । यस्ता क्रियाकलाप नगर्न समेत चेतावनी दिएको छ ।

राजनैतिक बैचारिक काम सम्बन्ध, संगठन सम्बन्धमा र बनगाड कुपिण्डे नगरपालिकामा विभिन्न माध्यमिक विद्यालय तथा नगर समितिमा रहेका अनेरास्ववियु (क्रान्तिकारी) का सदस्यहरुलाई कुपिण्डे तालमा वनभोजको नाममा झुक्याएर कार्यक्रममा सहभागी गराएकोमा अनेरास्ववियु सल्यानको कार्यप्रति अनेरास्ववियु (क्रान्तिकारी) खेद प्रकट गरेको छ ।

ढाँटेर ठगेर झुटको खेती गरेर कतिदिन संगठन चल्छ । संगठन चलाउनका लागि विद्यार्थीमा हुनुपर्ने आचारण सिक्न विद्यार्थी नेता नगर अध्यक्ष विष्टको सुझाव रहेको छ । त्यस्ता क्रियाकलाप नदोहरयाउन जोड दिएको छ । अधिवेशन नभनि किन बनभोज र पिकनिक भन्नु परर्याे, त्यो पनि हामी सबै एउटै हो, यस्ता बकमफुसे कुराले कति दिन संगठन चल्छ विद्यार्थी नेता ठगेन्द्र पुनको भनाई रहेको छ ।

वनगाड कुपिण्डे नगरपालिकाको दोस्रो पूर्ण बैठक नगर अध्यक्ष अजय बिष्टको अध्यक्षतामा प्रमुख अथिति अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेश सतिव ठगेन्द्र पुनमगर, बिशिस्ट अथिति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगर अध्यक्ष कृति बहादुर राना (दिप), नगर सचिव तथा सल्यान जिल्ला विद्यार्थी फ्याक्सन ईन्चार्ज दुर्गा बहादुर बुढाथोकी, अखिल (क्रान्तिकारी) पूर्व जिल्ला सह–सचिव इन्द्र बहादुर बुढाथोकी, कर्णाली प्रदेश सदस्य तथा विद्यार्थी बनगाड कुपिण्डे नगर इन्चार्ज रिज्मा राना र जिल्ला सदस्य अप्रेम पुनको उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

वनभोज भनेर अधिवेशनमा विद्यार्थी पुरयाएकोमा क्रान्तिकारीको निन्दा

बलात्कार आरोपी एमालेका सांसद बानियाँ निलम्बन

वनभोज भनेर अधिवेशनमा विद्यार्थी पुरयाएकोमा क्रान्तिकारीको निन्दा

बरालको नेतृत्वमा वाईसीएल गुर्भाकोट नगर कमिटी

Leave a comment

Your email address will not be published. Required fields are marked *