कुमाखको नेटामा एमाले अगुवा कार्यकर्ता भेला

बसन्त कुमार शर्मा
कुमाख (सल्यान), २२ फागुन ।
नेकपा एमाले कुमाख गाउँपालिका वडा नं. २ को अगुवा कार्यकर्ता भेला, भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सदस्य गुलाब जङ्ग शाहले आफ्नो कार्यकर्तालाई एमसिसि भन्ने परियोजना नेपालको हितमा छ कि छैन त्यो भोलिका दिनमा पुष्टि हुने बताउनुभयो ।
जनताको बिचमा झुट बोलेको कुरा धेरै दिन न टिक्ने र जनतालाई घात गर्ने ब्यक्तिलाई आगामी निर्वाचनमा सल्यानी जनताले कारबाही गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका कुमाख गाउँ पालिका अध्यक्ष भैरव शाहले आफ्नो पार्टीमा वडा स्तरीय सबै तहमा पार्टीमा भएका गलत प्रवृत्तिलाई भण्डाफोर गर्दै सुदृढ र योग्य वडा कमिटी निर्माण सङ्गै सल्लाह गर्दै अगाडि बढ्ने साथै आफ्नो पार्टी प्रबेश गर्ने साथीहरूलाई धेरै बधाई र शुभकामना दिनुभएको छ ।
नेकपा एमाले सल्यानका जिल्ला सदस्य हेमराज शाहीले कार्यक्रम सम्पूर्ण कुमाखबासी जनताहरु अब युवाको पक्षमा जनमास रहेको यो अवस्था हामी युवा अब चुपचाप बस्न नसक्ने बताउनु भयो ।
देश र जनताको लागि राम्रो काम गर्दै स्थानीय तहमा हरेक समस्यालाई सजिलै निराकरणको बाटोतर्फ लाग्नु पर्ने र जनताको सेवाको नाममा लोभी, पापीहरुले दुख दिने र पार्टी पनि फुट्को अवस्थामा पुगेको कार्यक्रममा नेकपा माओवादीबाट हाम्रो पार्टीमा प्रवेश गर्ने राकेश सुनार र नेपाली काँग्रेसबाट पार्टी प्रवेश गर्ने नारायणी खत्री रावत दुबै जना युवाहरूलाई धेरै बधाई र शुभकामना अब युवा पुस्ताको नेकपा एमालेमा प्रवेश गर्ने सबै युवा समूह भएकोले अब युवाहरुले स्थानीय तह देखि संघसम्म युवा रहने बताउनुभयो ।
कार्यक्रममा थुप्रै नेता, कार्यकर्ताको उपस्थिति भएकोमा आफुलाई खुशी लागेको अबको यात्रा निरन्तर रहेको भन्दै नेकपा एमाले कुमाख वडा नं. २ का गाउँ कमिटी अध्यक्ष खिम बहादुर बुढाथोकीले सम्पूर्ण कार्यकर्तालाई स्वागत गर्दै कार्यक्रमको सुरु भएको थियो । कार्यक्रमको सन्चालन कुमाख नं. २ नेकपा एमालेका वडा सचिव कृष्ण बुढाथोकीले गर्नुभएको थियो ।








