नेकपा एमाले सल्यानको दोस्रो पूर्ण बैठक सम्पन्न

दिलिप ढकाल
गुर्भाकोट, २१ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी एमाले सल्यान जिल्ला कमिटीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षता तथा नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवंम सल्यान जिल्ला इन्चार्ज प्रदेश सांसद गुलाव जंग शाहको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

उक्त बैठकले विभिन्न विभाग गठन,सचिवालय गठन र जिल्लाका सबै वडामा इन्चार्ज तोकेको छ । बैठकले १० वटै स्थानीय तहका ८३ वटा वडामा इन्चार्ज तोकिएको एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

त्यस्तै नेकपा एमाले सल्यानको दोस्रो पूर्ण बैठकले जिल्लामा १८ वटा विभागहरु पनि गठन गरेको छ । जस अनुसार गोविन्द पुनले स्कुल विभाग, भिम बहादुर सेनले संगठन विभाग, ओज बहादुर बुढाथोकीले प्रचार विभाग, दान बहादुर केसीले स्थानीय विकास विभागको जिम्मेवारी पाएका छन । यस्तै महेश देवकोटालाई युवा परिचालन विभाग, गनेशमान सिंहलाई विद्यार्थी विभाग, सनसिल्ता वलि डिसिलाई महिला विभाग, चित्र बहादुर रानालाई खेलकुद विभागको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पुष्पा बोहरालाई स्वास्थ्य तथा जनसंख्या विभाग, दिपेन्द्र प्रकाश डिसिलाई सामाजिक विकास विभाग, नरभुपाल शाहलाई उद्योग व्यवसाय विभाग,घनश्याम शर्मालाई बन तथा बाताबरण विभाग, लाल बहादुर रावतलाई कानुन विभाग, अकबर पुनलाई शिक्षा मानव श्रोत विभागको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी जनक विकलाई निर्वाचन विभाग, किशोर हमाल लाई सहकारी तथा गरिवि निवारण विभाग, केशव सिंह श्रेष्ठ लाई वित्त तथा कोष व्यवस्थापन विभाग र तोपानन्द केसीलाई श्रम तथा रोजगार विभागको जिम्मेवारी दिइएको एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

नेकपा एमाले सल्यानको दोस्रो पूर्ण बैठक सम्पन्न

कर्णालीमा वालविवाह विरुद्ध क्याक्मा सक्रिय

नेकपा एमाले सल्यानको दोस्रो पूर्ण बैठक सम्पन्न

कुमाखको नेटामा एमाले अगुवा कार्यकर्ता भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *