कर्णालीमा वालविवाह विरुद्ध क्याक्मा सक्रिय

सुर्खेत, २१ फागुन ।
कर्णाली प्रदेशमा वालविवाह बढ्दो छ । प्रदेशमा वालविवाह अन्त्य गर्न क्याक्माले सक्रियता बढाएको छ । वाल विवाह विरुद्धको साझा अभियान सञ्जाल (क्याक्मा) ले विभिन्न १२ बुँद्धे साझा प्रतिवद्धता गरेको छ ।

बालबिवाह विरुद्धको अभियान सबैको साझा भएको बताइएको छ । हामी बालविवाहप्रति सचेत छौं, हामीलाई बालविवाह स्वीकार्य छैन् भन्ने अभियान क्याक्माले शनिवारवाट शुुरु गरेको छ ।

नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई वालविवाह मुक्त बनाउने घोषणा गरेको छ । नेपाल सरकारको अभियानलाई सार्थक बनाउनका लागि क्याक्माले कर्णाली प्रदेशबाट नयाँ अभियान शुरु गरेको हो ।

बालवालिकाको सवाललाई विकासको मुल प्रवाहमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका लागि कानुन, निति, नियम र आचारसंहिताको पूर्ण रुपमा पालना गराउन अभियानले पहल गर्नेछ ।

बालबालिकाका सवाललाई मुल प्रवाहीकरण गर्न सबै सरोकारवालाहरुसंग एकिकृत रुपमा सहकार्य गरी कार्यक्रमहरु संचालन गरिने छन् । प्रतिवद्धतामा जोखिममा रहेका बालबालिकालाई केन्द्रमा राखी सबै प्ररकारका विभेद, शोषण, द्रुव्र्यवहार र वालविवाह मुक्त बनाउन लागि पर्ने उल्लेख गरिएको छ ।

जोखिममा रहेका बालबालिकाका लागि बालकोषको प्रभावकारी रुपमा कार्यन्वयन गर्न सहजीकरण गर्ने क्याक्माले प्रतिवद्धता व्यक्त गरेको छ । वालविवाह कानुनी रुपमै अपराध भएकाले यस विरुद्ध सबैले क्रियाशिल रुपमा काम गर्ने प्रतिवद्धतामा जनाइएको छ ।

कर्णाली प्रदेशमा चलेको दुई दिने भेलाले तीन वर्षे रणनिति योजना निर्माण गरेको छ । प्रदेशका दश वटै जिल्लामा क्रियाशिल ३० वटा संघ संस्थाको भेलाले उक्त निर्णय गरेको हो । भेलाले नयाँ कार्यसमिति चयन, निर्देशिका अनुमोदन, १२ वुँदे साझा प्रतिवद्धताका साथै ध्यानाकर्षण पत्र तयार पारिएको छ ।

कर्णालीमा वालविवाह विरुद्ध क्याक्मा सक्रिय

वडा अध्यक्ष भामले गरे सार्बजनिक सुनुवाई

कर्णालीमा वालविवाह विरुद्ध क्याक्मा सक्रिय

नेकपा एमाले सल्यानको दोस्रो पूर्ण बैठक सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *