वडा अध्यक्ष भामले गरे सार्बजनिक सुनुवाई

बरम ऐडी
मुगु, २१ फागुन ।
मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं.–४ को सार्वजनिक सुनुवाई गरिएको छ । वडा अध्यक्षमा विष्णु कुमार भामले आफु निर्वाचित भएपछि ५ बर्षमा गरेका गतिविधि र प्रगतिको सार्वजनिक सुनुवाई गरिएको हो ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष भामले वडाबाट प्रदान गरिएका सेवा, सुविधाका बारेमा जानकारी गराएका थिए ।
नगरपालिकाका १४ वटा वडाका पछाडी पारिएका दलित तथा निमुखा ब्यक्तिलाई ११ लाख ५२ हजार ५ सय २५ रुपैयाँ बराबरको बिभिन्न शिर्षकमा खर्च गरेको मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
सो कार्यक्रममा जनप्रतिनिधि पत्रकार बिभिन्न कार्यालयका प्रमुख सरोकारवाला निकायको सहभागि रहेको थियो । अन्तमा उनले यो भन्दापछि यसरी काम गरिने अटोठ गरेका छन् ।







