पुष्पा यरीको अध्यक्षतामा ७५ सदस्य अनेमसंघ

दुर्गा विसि
सल्लीबजार, २१ फागुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले भातृ संगठन अखिल नेपाल महिला संघको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । पुष्पा यरिको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

उपाध्यक्षमा भाग्यवति वस्नेत, सचिवमा कमला वुढा, सहसचिवमा हिरा पुरी, कोषाध्यक्षमा शुसिला घर्ती रहेको जनाएको छ । बनगाड कुपिण्डेको वडा ७ ढोरपिपलमा आयोजित कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, अनेमसंघ केन्द्रीय सदस्य कुन्ता वस्नेत, जिल्ला कमिटी सदस्य विनायक केसी, आशा वलि, शंकर थापा, नेपाल राष्ट्रिय शिक्षक संघठनका नगर अध्यक्ष शिक्षक नेता नारद घर्ती, पार्टी नगर कमिटी अध्यक्ष गञ्जमान वुढा, पार्टी सचिव राजेश वलि, उपसचिव केसर राना, प्रकाश वस्नेतले शुभकामना मन्तव्य राखेका थिए । अनेम संघ नगर अध्यक्ष पुष्पा यरिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ढोरपिपलमा आयोजित अनेम संघ कार्यक्रमलाई नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुन तथा कार्यक्रम प्रमुख आतिथ्यतामा सञ्चालन अनेरास्ववियु जिल्ला सहसचिव कृष्ण विसिले गरेका थिए ।

अनेमसंघ गठनसँगै पार्टीलाई उचाइ पुरयाउने काममा महिला संघ समेत वडा, वडा टोल–टोल वस्ति वस्तिमा संगठन विस्तार गर्न पार्टी अध्यक्ष पुनको निर्देशन रहेको छ ।

पुष्पा यरीको अध्यक्षतामा ७५ सदस्य अनेमसंघ

निर्वाचनमा बालबालिका र शैक्षिक संस्थाको दुरुपयोग नगर्न

पुष्पा यरीको अध्यक्षतामा ७५ सदस्य अनेमसंघ

वडा अध्यक्ष भामले गरे सार्बजनिक सुनुवाई

Leave a comment

Your email address will not be published. Required fields are marked *