पहिरोले पुरिएर एक जनाको मृत्यु

सुर्खेत,२१ असार ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको पहिरोले पुरिएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रजिअ रिजालले दिएको जानकारी अनुसार पहिरोमा परी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकै ७२ वर्षीय रती कामी घाइते भएको छ । उनँको उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
मृतक जैसी र घाइते विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेको समयमा सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरी खोला नजिक सुख्खा पहिरोमा परेका हुन् ।






