हिमाचल कोटखाईबाट नेपाल आउदै गरेका कालिमाटी ६ जलजलाका नन्दलाल जैसी सम्पर्क बिहिन

दिलिप ढकाल
सुर्खेत,१८ मंसिर ।
मंसिर १३ गते भारतको हिमाचल कोटखाई बाट नेपाल आउनको लागि हिडेको कालिमाटी गाउ–पालिका वडा नम्बर ६ जलजलाका नन्दलाल जैसी सम्पर्क बिहिन भएका छन्।
कोटखाई बाट हिडे भनेको पाच दिन हुदा पनि अहिले सम्म कुनै सम्पर्क नरहेको भन्दै घरपरिवारले खोजि कार्यको लागि सहयोग गरिदिन आग्रह हरेका छन्।
सम्पर्क बिहिन भएका नन्दलाल जैसीका भाई बिशाल जैसीका अनुसार नन्दलाल जैसीले ईन्डियाकै चन्डिगड भन्ने ठाउबाट आफुले काम गरिरहेको मालिक संग सम्पर्कमा आएको र सम्पर्क हुदा आफ्नो सबै सामान सबै चोरी भएको भन्ने खबर प्राप्त भएको जानकारी गराएका छन्।

साथै कहिँ कति फेला पार्नु हुने जो कसैले नजिकको प्रहरी कार्यालय वा नेपालको लागि सम्पर्क जितु जैसी को सम्पर्क नम्बर ९८६५३१८३६९ वा ईन्डियाको लागि विशाल जैसी सम्पर्क नम्बर ८५०७८७७४० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन्।





