टिकटकमा भाइरल भिडियोबारे गुलाबजंगले भने – ममाथि अन्याय भयो

सुर्खेत,२० असार ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफूमाथि अन्याय भएको बताएका छन् । आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको बताए ।

सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘ टिकटक भिडियो प्रविधिको दुरुपयोग हो । यसमा मेरो कुनै भूमिका छैन । ममाथि अन्याय भएकाले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको हुँ ।’ आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म’ बोलको गीतमा रोमाञ्च गरिरहेको भिडियो देखिन्थ्यो ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर शाहले भने भिडियोमा आफूलाई कुनै रियाक्शनबिना सुताइएको बताए । ‘इमोसनले’ ढङ्गले प्रस्तुत भएको छ । मेरा आँखासँगै जुँगापनि ठूला–ठूला बनाएर प्रस्तुत गरिएको छ,’ शाहले भने,‘ कुरा उठिसकेपछि मैले स्पष्टिकरण गर्न जरुरी हुन्छ । किनकी हामी समाजप्रति उत्तरदायी छौँ ।

समाजप्रति बफादार छौँ, हामीले समाजमा गर्ने एउटा सानो गल्तीले त्यसले ठूलो प्रभाव पार्छ भन्ने हामीले बुझेका छौँ ।’ शाहले समाजमा नकारात्मक सन्देशहरू र विकृत हुने भएकाले आफूले त्यस्तो हर्कत नगरेको दाबी गरे ।

स्रोत :  रातोपाटी

टिकटकमा भाइरल भिडियोबारे गुलाबजंगले भने – ममाथि अन्याय भयो

कालिमाटी बारेकोट सडक अवरुद्ध,

टिकटकमा भाइरल भिडियोबारे गुलाबजंगले भने – ममाथि अन्याय भयो

मुगुको रारा तालमा पुग्यो बिजुली

Leave a comment

Your email address will not be published. Required fields are marked *