सिम्ताबाट २ जना प्रतिवादी अदालतमा पेश

सुर्खेत, २१ माघ ।
जिल्ला अदालत सुर्खेतको फैसलापछि फरार सुचिमा रहेका दुई जना प्रतिवादीहरु सिम्ताबाट पक्राउ परेका छन् । सिम्ता गा.पा.–१ बस्ने बर्ष ६० का रिगे भन्ने रिके खत्री र सिम्ता गा.पा.–८ निवासी बर्ष ४० का भुपेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत, इलाका प्रहरी कार्यालय वादेपिपलबाट खटिएको प्रहरी टोलीले दुवै प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा कैद तथा जरीवाना भुक्तानीका लागि बुझाएको छ । अदालतबाट भएको फैसला अनुसार दुवै जनाले कैद भुक्तान, सजाय नकटाएको हुँदा प्रहरी टोलीले खोज तलासी गरी पक्राउ गरेर सजाय भुक्तानीका लागि जिल्ला अदालत सुर्खेतमा बुझाएको प्रहरीको जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

जिल्ला अदालत सुर्खेतको मिति २०७३/३/२० गतेको फैसला अनुसार लागुऔषध (गाँजा/चरेस) मुद्धामा रिगे खत्रीलाई दोषी ठहर गर्दै १० महिना १८ दिन कैद सजाय तोकिए फैसला भएको थियो । त्यसैगरी जिल्ला अदालत सुर्खेतको २०७१/१२/१२ गतेको फैसला अनुसार जवरजस्ती करणी उद्योगमा भुपेन्द्र खत्रीलाई २ बर्ष ५ महिना ९ दिन कैद सजाय तोकिएको फैसला भएको थियो ।

सिम्ताबाट २ जना प्रतिवादी अदालतमा पेश

गैरसंसद मन्त्री बन्ने चर्चापछि : प्रदेश सांसद

सिम्ताबाट २ जना प्रतिवादी अदालतमा पेश

पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ र डिजेलमा प्रतिलिटर

Leave a comment

Your email address will not be published. Required fields are marked *