च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सानदार जित

काठमाडौं, १७ कात्तिक ।

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ । स्पेनिस क्लब रियलले घरेलु मैदान सान्टियागो बर्नबेउमा गएराति स्कटिस क्लब सेल्टिकमाथि ५–१ को फराकिलो जित निकालेको हो।

रियलको फराकिलो जितमा लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले १–१ गोल गरे। सेल्टिकका जोटाले सान्तवना गोल फर्काए । खेलको छैठौं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए। मोरिट्ज जेन्जले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रियलले पेनाल्टी पाएको थियो।

२१औं मिनेटमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे। म्याथ्यु ओरिलेले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा रियललाई पेनाल्टी दिएका थिए। खेलको ३५ औं मिनेटमा सेल्टिकले गोल गर्ने मौका गुमायो। जोसिप जुरानोभिकले प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाएपछि पहिलो हाफमा रियल २–० ले अघि रह्यो।

खेलको ५१औं मिनेटमा मार्को एसेन्सियाले उत्कृष्ट गोल गर्दै रियललाई ३–० ले अग्रता दिलाए। ६१औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता फराकिलो पारे। ७१औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियललाई ५–० को आरामदायी अग्रता दिलाए।

तर ८४औं मिनेटमा जोटाले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए। तर त्यसपछि थप गोल निस्कन नसक्दा रियलले फराकिलो जित निकाल्न सफल भयो। यो जितसँगै रियल ६ खेलबाट १३ अंक जोडेर समूह ‘एफ’ मा शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। सेल्टिक २ अंक जोडेर पुछारमा रह्यो।

यही समूहको अर्को खेलमा आरबी लाइप्जिगले साख्तर डोनेस्कमाथि ४–० को जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। यस जितसँगै लाइप्जिग १२ अंक जोडेर समूहमा दोस्रो हुँदा साख्तर ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

सेतोपाटी

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सानदार जित

सिमकोटमा विद्युत् सेवा ठप्प भएको एक महिनापछि

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सानदार जित

बाफिकोटमा मददाता सम्बन्धि वडा सचिब सङ्गको अन्तरक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *