शैक्षिक सत्रको तीन हप्ता बित्दापनि जाजरकोटमा अझै पुगेनन् विद्यार्थीको हातमा पुस्तक 

दिपेन्द्र शर्मा

२० जेष्ठ । यसवर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रम अनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।

विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाई एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक अभाव भएको हो ।

शैक्षिक सत्र सुरु भएको धेरै समय हुँदा पनि जाजरकोटमा पर्याप्त मात्रामा पाठ्यपुस्तक नपुगेको शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटका प्रमुख रमेश बहादुर मल्लले जानकारी दिए ।

जनक शिक्षाले समयमै छपाइ तथा वितरण गर्न नसक्दा ‘जिल्लामा आवश्यक पुस्तक समयमा आउन सकेन र सात वटै पालिकामा फाट्फुट्ट पुस्तक आएपनि चाहिने जति र सबै विषयको नआएकाले पठनपाठनमा समस्या सिर्जना भएको छ,’ मल्लले भने ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भएपनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उनले बताए ।

“सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,” उनले भने, ‘तेस्रो हप्ता बढी भैसक्दा फाट्फुट्ट पुस्तक जिल्लामा आइपुगेको छ ।

पूरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।’सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।

शैक्षिक सत्रको तीन हप्ता बित्दापनि जाजरकोटमा अझै पुगेनन् विद्यार्थीको हातमा पुस्तक 

आन्तरिक आय बढाउन कर्णाली सरकारको तयारी के

शैक्षिक सत्रको तीन हप्ता बित्दापनि जाजरकोटमा अझै पुगेनन् विद्यार्थीको हातमा पुस्तक 

ब्राजिलमा गत सातादेखि भीषण वर्षा : १२६

Leave a comment

Your email address will not be published. Required fields are marked *