ब्राजिलमा गत सातादेखि भीषण वर्षा : १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित

रियो दि जेनेरियो । ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर बढिरहेको बताइएको छ ।

अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार ब्राजिलको विशेषगरी, उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ ।

गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।

यहाँका कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी, ठूलो बाढी र पहिरोले दर्जनौँ घरमा क्षति पु¥याएको छ । यहाँका सयौँ घर  भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।

पेर्नाम्बुको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रोपटक भएको अधिकारीहरूले जनाएका छन् । यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए ।

पेर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ ।

ब्राजिलमा गत सातादेखि भीषण वर्षा : १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित

शैक्षिक सत्रको तीन हप्ता बित्दापनि जाजरकोटमा अझै

ब्राजिलमा गत सातादेखि भीषण वर्षा : १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न भारत पुगे

Leave a comment

Your email address will not be published. Required fields are marked *