करेन्ट लागेर युवकको मृत्यु

सुर्खेत, २० माघ ।
सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो वीरेन्द्रनगर–११ धुलियाबीटमा स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो । घरमा जोडेको बिजुलीको तर बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हो ।

‘बाटो बनाउन लागेको भएर तार अग्लो बनाउन खोजिएको रहेछ, तार राख्न भनेर बनाइएको बाँस खाल्डोमा हाल्दा फुत्किएर बिजुलीको मुख्य तारमा परेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने, ‘त्यही बाँसबाट करेन्ट लिक भएर मानिसलाई लागेछ ।’ त्यही घटनामा परी स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते भएका छन् । उनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको छ । डिएसपी घर्तीका अनुसार घाइतेको अवस्था सामान्य छ ।

करेन्ट लागेर युवकको मृत्यु

सिम्ताका हजारौं मान्छे हराए, जनगणना र पालिकाको

करेन्ट लागेर युवकको मृत्यु

एमालेको वृहत् पार्टी प्रवेश कार्यक्रम बनगाड-१ बाट

Leave a comment

Your email address will not be published. Required fields are marked *