एमालेको वृहत् पार्टी प्रवेश कार्यक्रम बनगाड-१ बाट सुरु

दुर्गा विसी
सल्लीबजार, २० माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा १ बाट नेकपा एमाले पार्टी प्रवेशको कार्यक्रम सुरुवात गरेको छ । पहिलो दिन आजै मात्रै १९ जनाले एमाले प्रवेश गरेका छन् । नेकपा एमाले वृहत् पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका थुप्रै कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने लहर चलेको भन्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य गुलाव जंग शाहले नव प्रवेशिलाइ स्वागत गरेका छन् । नेकपा एमाले नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्याक्रममा थुप्रै अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेशको लहर देशभरि चलेको छ । सबैलाई स्वागत गर्दै पुरानै घरमा फर्केन नेता शाहको जोड रहेको थियोे ।

राष्ट्रिय माहोल यतिखेर नेकपा एमाले प्रती नै वढि रहेको सन्धर्वमा अवको स्थानीय चुनावमा यश नगरमा एमालेलाई बहुमतका साथ विजय बनाउन नेता शाहको अपिल थियोे । यदि समयमै चुनाव नभए यसको दोष पाँच दलिय गठबन्धनले लिनुपर्ने धारणा । संविधान अनुसार स्थानीय चुनाव घोषणा नभए देशमा नेकपा एमालेले आँधीभेरी ल्याउने ठोकुवा ।

एमाले विभाजित वा सानो टुकटि वाहिरीए पनि पछिल्लो चरणमा एमालेको लोकपृयता झन हावि भनाई । राष्ट्रिय सभाको चुनावमा एमालेले आफ्नो पहिलो स्थान देखाएको नेता शाहको भनाई । बृहत् पार्टी प्रवेशमा नगर अध्यक्ष गञ्जमान वुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेता शाह र विशेष अतिथि जिल्ला अध्यक्ष गोविन्द कुमार पुन,जिल्ला कमिटी सदस्य अकबर पुन,दिपवहादुर खड्काले मन्तव्य राखेका थिए । केही दिन अघि मात्रै वडा नं. १० को कुटिचौरमा ७५ जना माओवादी केन्द्र एमाले प्रवेश गराएको उक्त पार्टीले आज भने १९ जनाले एमाले प्रवेश गरेका छन् ।

सबै भन्दा बढी नेपाली कांग्रेसबाट १४ जनाले प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई व्यापकता दिन एमाले नेता शाहको निर्देशन रहेको छ । नेपाली कांग्रेसबाट विरवहादुर वुढा, लालवहादुर विक, जसविर विक, दिपक वुढा, गोपाल नकाल, निमवहादुर पुन, बलदेव राना, लालबहादुर राना, टेकबहादुर राना, मोते राना, कृतिवहादुर राना, सुवास विसि, रुद्रवीर कामी, मनकलि बस्नेत, एकीकृत समाजवादीका रामवहादुर केसी, यादव विसी, माओवादि केन्द्रबाट ओपेन्द्र घर्ती र राप्रपाबाट प्रेम विसि,गुमाने दमाई गरि १९ जनाले पार्टी प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट वडा कार्यसमिति सचिव वलदेव राना, टोल सभापति नकालसहित अधिकांश कांग्रेसबाट एमाले प्रवेश गरेका छन् । अझै प्रवेश गर्नेको संख्या दिनानुदिन वढ्ने नेकपा एमालेले जनाएको छ । बृहत् पार्टी प्रवेश कार्यक्रमको सञ्चालन सचिव राजेश वलीले गरेका थिए । अधिवेशनबाट निर्वाचित केन्द्र र जिल्लाको पदाधिकारीलाई नगर कमिटी अध्यक्ष वुढाले बधाई ज्ञापन समेत गरेका थिए ।

एमालेको वृहत् पार्टी प्रवेश कार्यक्रम बनगाड-१ बाट सुरु

करेन्ट लागेर युवकको मृत्यु

एमालेको वृहत् पार्टी प्रवेश कार्यक्रम बनगाड-१ बाट सुरु

अधिकार–२ परियोजनाको दैलेखमा अन्तरक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *